हामी सबैको जीवनमा प्लास्टिकको प्रयोग निकै बढेको छ । हामी हरेक चिज राख्न प्लाष्टिककै भाँडा प्रयाेग गर्छाैं ।
यतिसम्म कि पानी पिउनसमेत प्लास्टिकको बोतल नै प्रयाेग गर्छाैं । तर, के तपाईलाई थाहा छ प्लास्टिकको बोतलको पानी पिउनु तपाईको स्वास्थ्यको लागि कति हानिकारक हुन सक्छ?
न्युयोर्क पोष्टमा प्रकाशित एक लेखका अनुसार हालै गरिएको एक अध्ययनले प्लास्टिकको बोतलको पानी पिउनाले रक्तचाप अनियन्त्रित हुने देखाएकाे छ । यो अध्ययन अस्ट्रियाको ड्यान्युब प्राइभेट युनिभर्सिटीमा गरिएको हो ।
प्लास्टिकले कसरी अनियन्त्रित बनाउन रक्तचाप ?
यस अध्ययनमा प्लास्टिकको बोतलबाट पानी पिउँदा प्लास्टिकका स-साना कणहरू पानीमा मिसिन्छन् र त्यसपछि पानीको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्ने गरेको पाइएको थियो । यी प्लास्टिक कणहरूलाई माइक्रोप्लास्टिक भनिन्छ। यिनीहरू हाम्रो शरीरको रक्तप्रवाहमा प्रवेश गर्छन् र लामो समयसम्म रगतमा रहँदा यसले हाम्रो रक्तचाप अनियन्त्रित गराउने काम गर्दछ । विशेषगरी रक्तचाप उच्च बनाउने समस्या देखिएकाे विज्ञहरूले बताएका छन् ।
युनिभर्सिटीले केही व्यक्तिमाथि अनुसन्धान गरेको थियो, जसमा उनीहरूले केही मानिसहरूलाई प्लास्टिकको बोतलको पानी एक हप्तासम्म पिउन निषेध गरेका थिए। एक सातापछि प्लास्टिकको बोतलको पानी पिउनेको तुलनामा बोतलको पानी नपिउनेहरूको रक्तचाप कम भएको देखिएकाे थियाे ।
क्यान्सर र हृदय रोगको जोखिम
केही वर्षअघि वैज्ञानिकहरूले नियमित प्लाष्टिककाे बाेतलमा पानी पिउने व्यक्तिकाे शरीरमा एक सातामै करिब ५ ग्राम माइक्रोप्लास्टिक प्रवेश गर्ने दाबी गरेका थिए । जुन स्वास्थ्यका लागि निकै खतरनाक हुन्छ । यसले रक्तचाप मात्र बढाउँदैन मुटुको समस्या र क्यान्सरको जोखिम पनि बढाउँछ । एजेन्सीबाट