प्रि–ओपनिङमै दोहोरो अंकको बृद्धि, आज पार गर्ला त ३ हजारको बिन्दु ?-Sutra News

प्रि–ओपनिङमै दोहोरो अंकको बृद्धि, आज पार गर्ला त ३ हजारको बिन्दु ?

मंगलबार, २९ साउन २०८१

मंगलबार, २९ साउन २०८१

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) प्रि–ओपनिङमा १६.०४ अंकले बढेको छ । सोमबार ७०.८१ अंकले बढेर बन्द भएको नेप्से मंगलबारको प्रि–ओपनिङ्गमा १६.०४ अंकले बढेको हो ।



प्रि ओपनिङ्गसँगै नेप्स २९४७.७० को बिन्दुमा उक्लिएको छ ।

प्रि सेसनमा ८८ हजार ९७८ कित्ता किनबेच हुँदा कारोबार रकम ४ करोड १२ लाख ५२ हजार रुपैयाँको भयो ।

यो सेसनमा ११७ कम्पनीको किनबेच भएको छ ।

कारोबारमा आएकामध्ये ७९ कम्पनीको मूल्य बढेको छ ।

प्रि–ओपनिङ सेसनमा नेसनल लाइफ, थ्रि स्टार हाइड्रो, सिंगटी हाइड्रोलगायतको कारोबार उच्च रह्यो ।

पछिल्लो केही कारोबार दिनदेखि नेप्सेमा निरन्तर उत्साह छ । कारोबार रकमसँगै इन्डेक्स उत्साहपूर्णरुपमा बढिरहेको छ ।

यस्तोमा प्रि–ओपनिङको कारोबारलाई हेर्दा पनि नेप्सेले थप उचाई लिने देखिन्छ । सोमबारको बृद्धिलाई हेर्दा, मंगलबार नेप्सेले ३००० को बिन्दुलाई पार गर्नसक्ने सम्भावना बढी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट