सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै डेढ लाखमाथि-Sutra News

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै डेढ लाखमाथि

मंगलबार, २९ साउन २०८१

मंगलबार, २९ साउन २०८१

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलबार एकै दिन प्रतितोला २ हजार १ सय रुपैयाँले बढ्दै सुनको मूल्य नयाँ बिन्दुमा पुगेको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँ पुगेको छ । यसअघि सुनको मूल्य १ लाख ५० हजार रुपैयाँसम्म पुगेको थियो ।

आइतबार बढेको सुनको मूल्य सोमबार घटेको थियो । तर, मंगलबार एकै दिन मूल्य आकासिएको हो ।

सुनको मूल्य आकासिँदा चाँदीको मूल्य पनि बृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला २५ रुपैयाँले बढेको छ । मूल्य बढेसँगै आज प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

विशेषगरी मध्यपूर्वमा तनाव बढेसँगै सुनको मूल्य अन्तराष्ट्रिय बजारमा आकासिन थालेको छ । जसको प्रभाव स्थानीय बजारमा देखिएको विश्लेषकहरुको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट