काठमाडौं । शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि बंगलादेश अहिले चर्चामा रहेको छ । शेख हसिना उनै थिइन, जो बंगलादेशमा १९७१ को प्रतिबन्ध पछि हिन्दी फिल्म रिलिजको बाटो खोलिदिने व्यक्ति हुन्।
स्वतन्त्रता पछि बंगलादेश सरकारले १९७१ मा निर्णय गर्यो- कुनै पनि विदेशी फिल्मलाई आफ्नो देशमा देखाउन अनुमति नदिने। बंगलादेशी फिल्म उद्योगको कुरा गर्दा यसलाई ढलिउड भनिन्छ। यस उद्योगको राजधानी ढाका हो।
स्थानीय फिल्मलाई त्यहाँ प्रवर्द्धन गर्ने सरकारको निर्णयको तर्क थियो, तर यो निर्णय उल्टो भयो । सन ८०-९० को अवधिमा बंगलादेशमा दर्शकलाई मनोरञ्जन दिने खालका फिल्म बन्न सकेनन् । त्यतिबेला ढलिउडमा नक्कल गर्ने चलन चलेको थियो । लगभग हरेक फिल्म हिन्दी फिल्मबाट नक्कल गरेर बनाइएको थियो। निर्माताहरू केवल बंगाली फिल्महरू थिएटरहरूमा चलाई रहन चाहन्थे ।
बंगलादेशले सन् १९७१ मा नै भारतीय फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो । विदेशी फिल्ममाथि प्रतिबन्ध लगाएको ५२ वर्षपछि बल्ल बलिउड फिल्म रिलिज गर्न दिइएको थियो । शेख हसिनाले २०२३ मा यो प्रतिबन्ध हटाउने काम गरेकी थिइन्, किनभने त्यहाँको फिल्म उद्योग निकै कमजोर अवस्थामा थियो ।
सन १९७१ मा विदेशी फिल्म माथि लगाइएको प्रतिबन्ध हटाउँदै गत वर्ष शाहरूख खानको ‘पठान’ रिलिज गर्न दिएर तत्कालीन हसिना सरकारले फिल्ममा उद्धार नीति लिएको थियो । बंगलादेशका ४१ थिएटरमा प्रदर्शन भएको पठानले झन्डै पाँच करोड कमाएको थियो ।
यसरी विदेशी फिल्ममाथि प्रतिबन्ध हटाउनुको मुख्य कारण बंगलादेशका फिल्म उद्योग ध्वस्त हुँदै जानु थियो । ‘अश्लीलता र नक्कल’ कारण बदनाम हुँदै ‘ढलिउड’ फिल्मका कारण दुई दशकमा झन्डै १ हजार सिनेमा हल बन्द हुन पुगेका थिए भने तिनीहरूलाई सपिङ मल र अपार्टमेन्टमा रूपान्तरण गरिएको थियो ।
खासमा बंगलादेशी फिल्म उद्योगले सुरुमा सरकारबाट कुनै सहयोग पाएको थिएनन् । बंगलादेशको फिल्म उद्योगलाई अनाथ भनिन्थ्यो । जसका कारण पनि ढलिउड फिल्मले अश्लीलता र नक्कलको सहारा लिनु परेको फिल्म विश्लेषकहरू बताउँछन् ।
९० को दशकमा हरेक बंगलादेशी फिल्म हिन्दी फिल्मको नक्कल हुन्थ्यो । दर्शकलाई हलमा आकर्षित गर्न सन् २००० पछि फिल्मकर्मीले पनि अश्लील फिल्मको सहारा लिएका थिए, जसका कारण फिल्म क्षेत्र सीमान्तमा परेको थियो र त्यसबाट हालसम्म पनि उम्कन सकेको छैन । तर, सन् १९९६ मा शेख हसिना पहिलो पटक प्रधानमन्त्री भएपछि स्थितिमा उल्लेख्य सुधार गरियो ।
फिल्म क्षेत्रलाई पहिलो पटक सन् २००१ मा उद्योगको दर्जा दिइएको थियो । यससँगै बंगलादेश चलचित्र विकास निगमको पनि स्थापना भएको थियो। लामो समयदेखि सरकारले हरेक वर्ष केही फिल्मलाई अनुदान पनि दिने गरेको छ ।
गत वर्ष नै शेख हसिनाले फिल्म निर्माताहरुलाई राम्रो फिल्म बनाउनमा ध्यान दिन आग्रह गरेकी थिइन् । वास्तवमा फिल्मको दयनीय अवस्थालाई ध्यानमा राख्दै निर्माताहरू फिल्ममा पैसा लगानी गर्न चाहँदैनन्, जसका कारण बंगलादेशमा फिल्मको भविष्यमाथि सङ्कट गहिरिँदै गएको अवस्था थियो ।
शेख हसिनाले पनि २०२२ मा देशमा फिल्म हलको अवस्था सुधार्न र नयाँ मल्टिप्लेक्स निर्माण गर्न ७०० करोडको कोष घोषणा गरेकी थिइन्।
बंगलादेशमा एक हजारभन्दा बढी थिएटर बन्द
बंगलादेशी फिल्मलाई हलमा पोर्न फिल्मले विस्थापित गरेको छ । यसले बंगलादेशी फिल्मलाई ठूलो नोक्सान पुर्यायो, जसलाई हटाउन सन् २००३ मा अश्लील फिल्महरू विरुद्ध आन्दोलन सुरु भयो।
चलचित्र विकास संस्थान अगाडि कलाकारहरूले प्रदर्शन गर्न थाले । फलस्वरूप, सरकारको हस्तक्षेपले बंगलादेशी सिनेमा अन्ततः २००७ मा अश्लील चलचित्रहरूको चङ्गुलबाट मुक्त हुन पुगेको थियो ।
मनी कन्ट्रोल रिपोर्टका अनुसार बंगलादेशमा विगत २० वर्षमा एक हजारभन्दा बढी थिएटर बन्द भएका छन् । अधिकांश सिनेमा हल मालिकहरूले आफ्ना थिएटरहरूलाई सपिङ सेन्टर वा अपार्टमेन्टमा परिणत गरेका छन्। यस्तो अवस्थामा २० साल देखी फिल्मतर्फ जनताको ध्यान कसरी खिच्ने भन्ने समस्या निर्मातालाई परेको थियो । भारतमा हरेक वर्ष औसत २ हजार फिल्म बन्छन् भने बंगलादेशमा मात्रै वर्षमा ७०-१०० फिल्म बन्छन् ।
९० को दशकमा बंगलादेशमा करिब १५०० सिनेमा हल थिए तर बासी बङ्गाली फिल्मका कारण दर्शक थिएटर जान छाडेका थिए । – एजेन्सी