काठमाडौं । जितु नेपालको शिर्ष भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’को प्रदर्शन मिति तय गरिएको छ ।
बसन्त निरौलाको निर्देशनमा तयार भएको फिल्मको निर्माण टिमले फस्टलुक सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति फाइनल गरेको हो । यो फिल्मलाई असोजको २४ गते दशैंको फूलपाती अवसर पारेर देशभरका हलमा प्रदर्शन गरिने भएको छ ।
उक्त मितिमा दीपक राज गिरीको शिर्ष भूमिका रहेको फिल्म ‘छक्कापञ्जा ५’ समेत रिलिज हुँदैछ । यी दुवै फिल्म एकै दिन रिलिज हुँदा जितु र दीपकको भिडन्त हुने भएको छ ।
दशैंको लामो बिदाको फाइदा उठाउने योजनामा निर्माणपक्ष लागेको देखिन्छ । फिल्ममा जितुसँगै शिर्ष भूमिकामा नायिका नीति शाह छिन् । उनीहरुका अलवा फिल्ममा वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्मका प्रस्तुततकर्ता पण्डितले सबैसँग सल्लाहा गरेर फूलपातिमा फिल्म रिलिज गर्न लागिएको जानकारी दिए । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको यो फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् ।
फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ । रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको यो फिल्ममा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।
यो फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।