काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आठ जना राज्यमन्त्रीलाई बर्खास्त गरी पदबाट हटाएका छन् । जम्बो मन्त्री मण्डल भएको भन्दै आलोचित बनेका मुख्यमन्त्री सिंहले राज्यमन्त्रीहरूलाई बर्खास्त गरेका हुन् ।
जेठ २५ गते मुख्यमन्त्री नियुक्त भएका सिंहले चार दलबाट आठ राज्यमन्त्री बनाएका थिए । उनले पछिल्लो पटक यही २२ गते मात्रै पाँच राज्यमन्त्री नियुक्त गरेका थिए । योसँगै मन्त्रीमण्डलको संख्या २० पुगेको थियो ।
जसपाले यसैलाई मुद्दा बनाउँदै आन्दोलन गरिरहेको थियो । बर्खास्त हुनेमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना मन्त्री छन् ।