पशुपति कोटीहोममा गएनन् पूर्वराजा र कमल थापा-Sutra News

पशुपति कोटीहोममा गएनन् पूर्वराजा र कमल थापा

मंगलबार, २९ साउन २०८१

मंगलबार, २९ साउन २०८१

काठमाडौं । पशुपतिनाथ परिसरमा करिब एक महिनादेखि सुरु भएको ‘श्री पशुपति कोटिहोम ज्ञान महायज्ञ’मा पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिउ प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा पुगेका छैनन् ।



हिन्दु अधिराज्यसहित हिन्दु राष्ट्रको माग गर्दै आएका शीर्ष नेता र अभियन्ताहरू उक्त महायज्ञमा पुग्दा पूर्वराजा र अध्यक्ष थापा नगएपछि चासो बढेको हो । उनीहरू दुवै जनालाई आयोजकले निम्तो पठाएका थिए ।

पूर्वराजा र अध्यक्ष थापा हिन्दु अधिराज्यका सांकेतिक रुपमा काम गर्दै आएका छन् । तर, पशुपतिनाथको कोटीहोममा नपुगेपछि भक्तजन र समर्थकहरू निराश भएका छन् ।

‘धेरै जसो आइसक्नुभएको छ, पूर्वराजा र कमल थापालाई पनि निम्तो पठाएका थियौँ, उहाँहरू आइपुग्नु भएको छैन्’, कोटी होम प्रचार विभाग प्रमुख राजानन्द माण्डव्यले भने, ‘सायद फुर्सद नभएर हुन सक्छ, अझै २–३ बाँकी रहेको छ, सायद आउनुहोला ।’

साउन १ गतेदेखि सुरू भएको कोटीहोम मानव सेवा आश्रम निर्माणलगायतका उद्देश्यसहित गरिएको हो । कोटिहोममा आचार्य कृष्ण दमाइ, राधा दासी, देवी प्रतिभा, देवी चन्द्रकला सखीलगायतले प्रवचन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट