काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न गरेका छन् । उनले विद्युत महशुल बक्यौताबारे प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् ।
‘प्रधानमन्त्री ज्युले जसरी विद्युत नकाटन भन्दै निर्देशन दिनु भएको थियो, त्यसरी नै विद्युत महशुल उठाउन पनि निर्देशन दिनु पर्यो’ उनले भने ।
विद्युत प्राधिकरणले २२ अर्बमध्ये १६ अर्ब छुट दिएको उल्लेख गर्दै अहिले ६ अर्बमा सिमित पारिएको भन्दै त्यसमा छानबिन गर्नु पर्ने माग रास्वपाले राख्दै आएको छ ।