काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले केपी ओली नेतृत्वको सरकार निमार्ण गर्न आफू नलागेको बताएका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेबीचमा नयाँ सरकार गठन प्रक्रियामा सामेल नभए पनि रक्षाका लागि उभिने थापाले बताए ।
‘यो सरकार गठन प्रक्रियामा संलग्न सांसद म होइन, तर यो सरकारको रक्षा मैले गर्ने छु,’ उनले भने ।