बन्दीपुर हिलद्वारा आयोजित शिव महामहिमा उत्सव सम्पन्न-Sutra News

बन्दीपुर हिलद्वारा आयोजित शिव महामहिमा उत्सव सम्पन्न

मंगलबार, २९ साउन २०८१

मंगलबार, २९ साउन २०८१

काठमाडाैं । बन्दीपुर हिलले सञ्चालन गरेको शिव महामहिमा उत्सव सम्पन्न भएको छ। पर्यटकीय एवं धार्मिक ग्राम बन्दीपुरमा गत साउन १ देखि सञ्चालनमा रहेको शिव महामहिमा उत्सव समापन भएको हो।



६ हजारभन्दा बढीको उपस्थितिका बीच व्यास आश्रमका संरक्षक कीर्तन शिरोमणि शान्ति स्वरूपानंद दामोदर बाबाले समापत गरेका हुन् ।

सो अवसरमा उनले वनदेवीको मुख्य आश्रम स्थल बन्दीपुरमा नै रहेको र भगवान् शिवजीले वनदेवीलाई प्रेरणाको स्रोतको रूपमा लिने गरेकोले बन्दीपुर धार्मिक पर्यटनको केन्द्र बन्नुपर्ने बताए ।त्यस्तै सोही अवसरमा पण्डित दीपक सापकोटाले सङ्गीतमय ढङ्गबाट शिव पुराण सुनाएर भक्तजनलाई आनन्दित तुलाएका थिए ।

समारोहको सभापतित्व शिव महिम्नाहा उत्सव मूल आयोजक समितिका संयोजक किरण पोखरेलले गरेका थिए । कार्यक्रमको सञ्चालन चिन्तामणि शर्माले गरेका थिए भने भक्तजनहरूलाई कृष्णराज अधिकारीले स्वागत गरेका थिए । यस्तै सन्ध्याकालीन आरती भने साउन ३२ सम्म सिद्धेश्वर महादेव मन्दिर केबलकार चोकमा चलिरहने आयोजकले बताएको छ।

साउन महिनाभरि चलेको महामहिमा यात्रा सम्पन्न गर्न बन्दीपुर केबलकार एण्ड टुरिजमले मुख्य प्रायोजन गरेको थियो भने समग्र इभेन्ट व्यवस्थापन आरकेडि होल्डिङ्ग लिमिटेडले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट