करिब १७ अर्ब ऋण र अनुदान लिन सरकारले बनायो वार्ता टोली-Sutra News

करिब १७ अर्ब ऋण र अनुदान लिन सरकारले बनायो वार्ता टोली

मंगलबार, २९ साउन २०८१

मंगलबार, २९ साउन २०८१

काठमाडौं । सरकारले प्रकाशप्रसाद पोखरेललाई नेपाल पारवहन तथा गोदाम कम्पनीको रिक्त महाप्रबन्धक पदमा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।



यसैगरी, बैठकले एसीयाली विकास बैंकबाट सिँचाइसम्बन्धी परियोजनाका लागि उपलब्ध हुने ११० मिलियन अमेरिकी डलर (करिब १४ अर्ब ६३ करोड) र १५ मिलियन अमेरिकी डलर (१ अर्ब ९९ करोड) अनुदान स्वीकार्न नेपाल सरकारका तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिव नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।

बैठकले निजामती सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिवहरू इन्दुविक्रम जोशी र कोमलप्रसाद धमलाले दिएको राजीनामा स्वीकृत गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको महाप्रबन्धक पदमा रमेश आचार्यलाई नियुक्त गर्ने निर्णयसमेत गरेको मन्त्री गुरुङले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट