काठमाडौं । बिरामी बोकेको पोखराबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर धादिङमा आपतकालील अवतरण गरिएको छ । खराब मौसमका कारण कैलाश हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका धादिङका अनुसार पोखराबाट बिरामी लिएर काठमाडौं आएको हेलिकप्टर धादिङको थाक्रे गाउँपालिका ५ मा आपतकालीन आवतरण भएको हो ।
यात्रु, पाइलट र हेलिकप्टर सुरक्षित छ । बिरामीलाई एम्बुलेन्समार्फत काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।