सिन्धुलीमा बञ्चरो प्रहारबाट बुबाको हत्या-Sutra News

सिन्धुलीमा बञ्चरो प्रहारबाट बुबाको हत्या

बुधबार, ३० साउन २०८१

बुधबार, ३० साउन २०८१

काठमाडौं । सिन्धुलीमा छोराको बञ्चरो प्रहारबाट बुबाको ज्यान गएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ पञ्चचौरीस्थित लामपाते बस्ने अन्दाजी ५८ वर्षीय लाल बहादुर घिमिरे विकलाई माइला छोरा २१ वर्षीय अमृतले बञ्चरो प्रहार गरेका थिए ।



जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार अमृतले बुबा लालबहादुर सुतेको अवस्थामा बञ्चरोले टाउकोमा प्रहार गरेका थिए । उनको घटना स्थलमै ज्यान गएको थियो ।

घटनाको खबर प्राएलगत्तै प्रहरी चौकी क्यानेश्वरबाट प्रहरी अधिकृतसहितको टोली खटिएकोमा विकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मृतक विकको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट