प्रि ओपन सेसनमा दोहोरो अंकले बढ्यो नेप्से-Sutra News

प्रि ओपन सेसनमा दोहोरो अंकले बढ्यो नेप्से

बुधबार, ३० साउन २०८१

बुधबार, ३० साउन २०८१

काठमाडौं । साताको चौथो कारोबार दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक १३.१५ अंकले बढेको छ । मंगलबार ८.१८ अंकले करेक्सन भएको नेप्से बुधबार प्रि ओपन सेसनमा बढेको हो ।



१३.१५ अंकले बढ्दै प्रि ओपन सेसनमा नेप्से २९३६.६२ को बिन्दुमा उक्लिएको छ ।

यो सेसनमा ९५ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ करोड ६९ लाख ९९ हजार रुपैयाँ भएको छ ।

प्रि–ओपन सेसनमा कारोबार भएका १०३ कम्पनीमध्ये ७१ कम्पनीको मूल्य बढेको छ भने २३ कम्पनीको मूल्यमा सामान्य गिरावट आएको छ ।

प्रि सेसनमा सबैभन्दा बढी नेपाल हाइड्रो डेपलपर लिमिटेडको कारोबार भएको छ । जसको ४४ हजार सेयर कित्ता किनबेच हुँदा कारोबार रकम २ करोड ८९ लाख रुपैयाँको भयो ।

लगातार बृद्धिका बीच मंगलबार नेप्सेमा एकल अंकको करेक्सन देखिएको थियो । यद्यपि, बुधबारको प्रि सेसनमा नेप्से बढेसँगै आजको दिन नेप्से थप बढ्ने सम्भावना देखिएकाे छ ।  नेप्सेले ३ हजारकाे अवराेध पार गर्ने सम्भावना अधिक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट