काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टीआरसी) विधेयक सांसदबाट पारित हुने भएपछि शीर्ष नेताहरूले सम्बोधन गर्ने भएको छ ।
बुधबार दिउँसो बस्ने प्रतिनिधि सभाको बैठकले उक्त विधेयक पारित गर्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।
यस्तै, सत्ता साझेदारी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरूले सम्बोधन गर्ने भएका छन् ।