काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन् ।
बुधबार ललितपुरमा सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी अधिकृत स्तरीय सेवा प्रवेश तालिमको समापन समारोहलाई पौडेलले सबै सेवाग्राहीप्रति समान व्यवहार गर्दै कार्य सम्पादन गर्न निर्देशन दिए ।
उनले सेवाग्राहीप्रति समान व्यवहारबाट चुक्ने गरेको गुनासो आउने गरेको भन्दै यसमा राष्ट्रसेवक कर्मचारीले विशेष ध्यान दिनु पर्ने धारणा राखेका थिए । उनले आफूलाई असल राष्ट्रसेवक कर्मचारी प्रमाणीत गर्न पनि मैत्रीपूर्ण काम गर्नु पर्नेमा जोड दिए ।
निजामती कर्मचारीले काम गर्दा कानूनसँग बाझिएको छ वा छैन ? भन्ने ख्याल गर्नु पर्ने उनको भनाइ थियो । यस क्रममा उनले सरुवा बढुवाका लागि राजनीतिक दल वा मन्त्रीहरूको भनसुनबाट मुक्त हुन निर्देशन दिए ।