प्रधानमन्त्री ओलीले भने– सर्वसम्मतिबाट टीआरसी टुङ्ग्याउन पाउनु देशको लागि ठुलो सफलता-Sutra News

प्रधानमन्त्री ओलीले भने– सर्वसम्मतिबाट टीआरसी टुङ्ग्याउन पाउनु देशको लागि ठुलो सफलता

बुधबार, ३० साउन २०८१

बुधबार, ३० साउन २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भएको राजनीतिक परिवर्तन ठूलो योगदानले आएको बताएका छन् ।



बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टीआरसी) विधेयक सांसदबाट पारित गर्न बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ठूलो योगदानले देशमा परिवर्तन सम्भव भएको बताए ।

प्रतिनिधिसभाको कानून समितिले सहमति जुटाएर मंगलबार बसेको संसद बैठकमा टीआरसी विधेयक गरेको थियो । जसलाई आजको बैठकले पास गर्ने तयारी भएको छ ।

‘सर्वसम्मतिबाट पीडित मैत्री र कुनै करकापमा नपरी सहमतिका साथ यस दस्तावेज अगाडि बढाएका छौँ, यो हामी सबैका लागि खुसीको विषय हो,’ उनले भने ।

यस्तै, प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रिया विश्वका लागि शिक्षा हुने बताए । कुनै पनि देशमा भएको आन्दोलनपछि शान्ति प्रक्रिया पूरा हुनु ठूलो काम भएको बताउँदै नेपालबाट धेरै देशले राम्रो काम लिन सक्ने बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट