मुकुललाई साधारण सदस्यबाट समेत हटाउन रास्वपाले सोध्यो २४ घन्टे स्पष्टीकरण-Sutra News

मुकुललाई साधारण सदस्यबाट समेत हटाउन रास्वपाले सोध्यो २४ घन्टे स्पष्टीकरण

पत्रमा भनिएकाे छ– पार्टीविरुद्ध नियोजित रूपमा निरन्तर सक्रिय तपाईँलाई पार्टीको साधारण सदस्यबाट किन निष्कासन नगर्ने ?

बुधबार, ३० साउन २०८१

बुधबार, ३० साउन २०८१

काठमाडौं । पार्टी महामन्त्रीबाट निलम्बित डा. मुकुल ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फेरि स्पष्टीकरण सोधेको छ । रास्वपाले साधारण सदस्यबाट समेत हटाउने तयारी स्वरूप स्पष्टीकरण सोधेको हो ।



पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीविरुद्ध नियोजित रूपमा निरन्तर सक्रिय रहेको भन्दै पार्टीको साधारण सदस्यबाट किन निष्कासन नगर्ने ? तपाईँको साधारण सदस्यता किन खारेज गर्नु नपर्ने ? भन्दै २४ घण्टाभित्र जवाफ दिन भनेका छन् ।

“पार्टीविरुद्ध नियोजित रूपमा निरन्तर सक्रिय तपाईँलाई पार्टीको साधारण सदस्यबाट किन निष्कासन नगर्ने ? तपाईँको साधारण सदस्यता किन खारेज नगर्नुपर्ने हो ? आफ्ना आधार प्रमाण तथा भनाइसहित २४ घण्टाभित्र पार्टीमा स्पष्टीकरण पेस गर्नुहुन सूचित गरिन्छ”, ढकाललाई सोधिएको स्पष्टीकरण पत्रमा भनिएको छ।

विभिन्न सञ्चार माध्यममा ढकालले दिएका विवादित अभिव्यक्तिबारेको प्रमाण पनि स्पष्टीकरण पत्रमा समावेश गरिएको छ ।

ढकालले यसअघि गरिएको कारबाही पुनरावलोकन गर्न भन्दा मिडियामार्फत विरोध गरेका थिए । उनले पार्टी कारबाहीलाई अमान्य घोषणा गरेका थिए ।

यहीबिच सत्तारुढ एमाले प्रवेश गर्ने चर्चाका बिच रास्वपाले कारबाही स्वरूप पछिल्लो स्पष्टीकरण सोधेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट