करेक्सनपछि फेरि चम्कियो सेयर बजार-Sutra News

करेक्सनपछि फेरि चम्कियो सेयर बजार

बुधबार, ३० साउन २०८१

बुधबार, ३० साउन २०८१

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) सेयर बजार परिसूचक (नेप्से) उत्साहपूर्णरुपमा बढेको छ । बुधबार ३४.२९ अंकले बढ्दै नेप्से २९५७.७५ को बिन्दुमा उक्लिएको छ । यसअघि मंगलबार नेप्सेमा ८.१८ अंकको गिरावट आएको थियो ।



बुधबार इन्डेक्ससँगै कारोबार रकम पनि उत्साहपूर्णरुपमा बृद्धि भएको छ । मंगलबार २१ अर्बमा सीमित भएको कारोबार रकमले बुधबार २३ अर्ब नाघेको छ । ५ करोढ १२ लाख ३० हजार कित्ता सेयर किनबेच हुँदा नेप्सेमा कारोबार रकम २३ अर्ब ४३ करोड ५ लाख रुपैयाँको भयो ।

यस दिन फाइनान्स समूहको इन्डेक्स सबैभन्दा बढी ७.६७ प्रतिशतले बढ्यो । बैंकिङ ०.७२ प्रतिशतले बढ्दा विकास बैंक ३.०७, होटल तथा पर्यटन २.३७, हाइड्रोपावर १.९१, लगानी २.४९, उत्पादन ०.६४, निर्जीवन बीमा ०.७४, अन्य ०.८३ तथा व्यापार ०.३९ प्रतिशतले बढ्यो ।
यद्यपि, आज माइक्रोफाइनान्स ०.७० तथा जीवन बीमा ०.०८ प्रतिशत घटे ।

यस दिन कारोबारमा आएका २४३ कम्पनीमध्ये १५६ को मूल्य बढ्यो भने ७९ को मूल्यमा केही गिरावट आयो । ८ कम्पनीको भने मूल्य स्थिर रह्यो ।

उत्साहपूर्णरुपमा नेप्सेमा बृद्धि हुँदा यस दिन झण्डै दर्जन हाराहारीमा कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो । सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मातृभूमि लघुवित्त, एचआईडीसीएल, माउन्टेन हाइड्रो नेपाल, हिमालयन हाइड्रोपावर, इङ्गा हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर, गुडविल फाइनान्स, अपी पावरको मूल्यमा सकारात्मक सर्किट लाग्यो ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । रि इन्स्योरेन्सको ८ लाख ४७ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८६ करोड ५८ लाख रुपैयाँको भयो ।

हिमालयन रि इन्स्योरेन्ससँगै कारोबार रकमका आधारमा सिवम् सिमेन्ट, अपि पावर कम्पनी, नेपाल फाइनान्स, सानिमा हाइड्रोलगायतको कारोबार उच्च भयो ।

नेप्से उच्च बिन्दुमा पुगेसँगै केही लगानीकर्ता नाफा बुक गर्न लागिरहेका छन् । जसको प्रभाव बेला–बेला करेक्सन देखिने गरेको छ । बुधबार नै पनि नाफा बुक गर्ने लगानीकर्ता हाबी हुँदा तिव्र उतारचढाव देखिएको थियो । यद्यपि, नयाँ र ठूला लगानीकर्ताहरुको प्रवेशसँगै बजार थप आक्रामक बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट