यी हुन् सेयर लगानीकर्तालाई मालामाल बनाउने १५ कम्पनी-Sutra News

यी हुन् सेयर लगानीकर्तालाई मालामाल बनाउने १५ कम्पनी

बुधबार, ३० साउन २०८१

बुधबार, ३० साउन २०८१

काठमाडौं । सामान्य करेक्सन भएको भोलिपल्ट बुधबार नेप्से परिसूचक उत्साहपूर्णरुपमा ३४.२९ प्रतिशतले बढ्यो । उत्साहपूर्णरुपमा नेप्से बढ्दा कारोबारमा आएका २४३ कम्पनीमध्ये १५६ को मूल्य बढ्यो ।



जसमध्ये दर्जन हाराहारी कम्पनीको मूल्य सकारात्मक सर्किट लेबलमा बृद्धि भयो ।

सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मातृभूमि लघुवित्त, एचआईडीसीएल, माउन्टेन हाइड्रो नेपाल, हिमालयन हाइड्रोपावर, इङ्गा हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर, गुडविल फाइनान्स, अपी पावरको मूल्य १० प्रतिशतले बढ्यो ।

सँगै मञ्जुश्री फाइनान्स, थ्रि स्टार हाइड्रोको मूल्य ९ प्रतिशत बढीले बृद्धि भयो । यस दिन बेष्ट फाइनान्स र श्री इन्भेष्टमेन्ट फाइनान्सको मूल्य ८ प्रतिशतले बढ्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट