काठमाडौं । विद्युतीय राहदानी (इ-पासपोर्ट) बनाउन पोर्चुगलबाट तीन हजार ८२९ नेपालीको जैविक विवरणसहितको आवेदन संकलन गरिएको छ ।
राहदानी विभाग र पेरिसस्थित नेपाली दूतावासको संयुक्त टोलीले लिस्बनमा सञ्चालन गरेको राहदानीसम्बन्धी शिविरबाट सात करोड २० लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
विभागका निर्देशक मोतिबहादुर श्रीसका अनुसार शिविरबाट राहदानी सेवासहित यात्रा अनुमति पत्र, मञ्जुरीनामालगायत कन्सुलरसम्बन्धी सेवा प्रदान गरिएको, थियो । पोर्चुगलमा नेपाली दूतावास नभकाले शिविर सञ्चालन गरिएको हो ।