काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले यस वर्ष पनि नाडा अटो शोलाई निरन्तरता दिने भएको छ । नाडाले आगामी ११ देखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा कार्यक्रम गर्ने भएको हो ,
यस पटकको अटो शोलाई ‘टाटा डट ईभी अटो शो’ नामाकरण गरिएको छ । बुधबार एक कार्यक्रम आयोजना गरी अटोमोबाइल्स एशोसियसनले पहिलेभन्दा थप भव्य र प्रभावशाली रुपमा कार्यक्रम हुने दाबी गरेको थियो ,
नाडा अटो शोबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष करण कुमार चौधरीले दुई दशक अगाडिसम्म अटोमोबाइल्स क्षेत्र विलासी भए पनि अहिले अत्यावश्यक भइसकेको भन्दै सरकारको गलत नीतिले हेर्न नहुने बताए ।
यसपटकको नाडा अटो शोमा २४ वटा चार पाङ्ग्रे ब्रान्डका सवारी, १९ दुई पाङ्ग्रे ब्रान्डहरू र १२ हल्का व्यवसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शनीमा सहभागी हुने भएको छ ।
यसका साथै विभिन्न ब्रान्डहरूका साथै लुब्रिकेन्ट, टायर, ब्याट्री र ग्यारेज उपकरणका ३३ तथा नविल बैंकसहित ७ बैंक सहित ९५ प्रदर्शकका १३० स्टलहरूमा आफ्ना उत्पादन र सेवाहरू प्रदर्शन गर्ने आयोजकले जनाएको छ ।