आज मेष, कन्या र मीन राशीलाई लाभैलाभ, तपाईंको दिन कस्तो ?-Sutra News

आज मेष, कन्या र मीन राशीलाई लाभैलाभ, तपाईंको दिन कस्तो ?

बिहिबार, ३१ साउन २०८१

बिहिबार, ३१ साउन २०८१

आज मिति २०८१ साउन ३१ गते बिहीबार । सन् २०२४ अगस्त १५ नेपाल सम्बत ११४४ गुंलाथ्व दशमी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ः३४ बजे भयो भने सूर्यास्त साँझ ०६ः४१ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफलः



मेष

समय शुभदायी छ । पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्ने छ भने ब्यापार–व्यवसायमा पनि सोचेअनुरुपको लाभ मिल्नेछ । टेढिएका साथीभाइ वशमा पर्ने योग छ । शत्रु र रोग पन्छाउने उचित समय हुनाले प्रयास गर्नु हितकर होला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । रोकिएको काममा सफलता मिल्नेछ । अध्ययन अध्यापनका लागि चाहिँ समय त्यति उत्तम छैन ।

बृष

आजको दिन मिश्रित परिणामदायी हुने देखिन्छ । कामहरु सफल हुने तथा अधुरा कामहरु पनि बन्ने समय छ । नयाँ सामान खरिदको सम्भावना देखिन्छ । आकस्मिक रुपले विशेष सफलता वा असफलता मिल्ने योग छ । धनलाभ हुनेछ तर गरेका पैसा भने अनायस खर्च पनि होला । सन्तानसुख मिल्नेछ । स्वास्थ्यप्रति विशेष सजग रहनु हितकर होला ।

मिथुन

व्यस्तता बढ्ने छ । आजको दिन खासै उत्साहजनक नरहला । अब्यर्थको डरले मनमा घर गर्न सक्छ । कसैसँग विवाद हुनसक्छ, बोली र व्यवहारमा सर्तकर्ता अपनाउनु होला । कामहरु अधुरै रहन सक्छन् भने स्वास्थ्य पनि सामान्य कमजोर नै रहने योग छ । सावधानीका साथ व्यवहार गर्नुहोला । बौद्धिकता र रचनात्मकता तपाईंकै पक्षमा रहला ।

कर्कट

आजको दिन सामान्य नै छ । घर(परिवारमा खटपट परेपनि विवाद बढ्ने देखिन्न । कार्य व्यवसायको समस्याले सताउन सक्छ । कामहरु अधुरै रहनाले मनमा खिन्नता होला । केहीले सम्मान गर्ने र केहीले अनावश्यक त्रास पैदा गरिदिने योग छ । पैसाको कारोबार हुने देखिन्छ । आरोग्यता रहने छ । सार्वजनिक काममा आकर्षण बढ्ला । रसरागमा आकर्षण बढ्ने छ ।

सिंह

पराक्रम र शुभता बढ्ने दिन छ । रमाइलोको साथ बित्ला । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ । रोकिएका अधुरा कामहरु पुरा हुनेछन् भने व्यवहारिक समस्याको हल हुने योग छ । केही नयाँ काम थाल्नु छ भने समय उत्तम छ । सामाजिक कामको सहभागिताले मन रमाउनेछ । रसरागमा आकर्षण बढ्नेछ । मित्रजनको साथ मिल्नेछ ।

कन्या

सामाजिक कार्यमा संलग्न हुनु पर्ने समय छ । दान पुण्यका कार्यमा आकर्षण बढ्नेछ । सोच्दै नसोचेको ठाउबाट आर्थिक लाभ हुने योग छ । मित्रजनसँग सुखद भेटघाट होला । पराक्रम र धन बढ्नेछ । समस्याकको समाधान मिल्नेछ ।

तुला

दिन केही चुनौतीयुक्त छ । स्वास्थ्यप्रति विशेष ध्यान दिनु हितकर होला । केही खर्च बढ्न सक्छ । हात हालेका कार्यहरु सोचेअनुसार नबन्ने र बनिहाले पनि मेहनत गरेअनुसारको फल नमिल्ने योग छ । तथापि, साहसिक काममा आकर्षण बढ्नेछ । यात्रागत कार्य सम्पन्न हुनेछ ।

बृश्चिक

आफन्त एवम् मित्रजनको सहयोगले रोकिएका कामहरु बन्नथाल्ने समय छ । प्रयासअनुसारको कार्य हुनुका साथै परिआएका समस्याको हल हुनेछ । धनलाभ होला । आर्थिक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगकोे भेटले मन रमाउने योग छ । कममा जाँगर बढ्ला । परिवारिक सुख बढ्नेछ । पराक्रमी कार्यमा सफलता मिल्नेछ ।

धनु

समस्याहरु आफै किनारा लाग्ने दिन छ । धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । आज गरेको परिश्रम खेर नजाला । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । यात्राको योग छ । अर्थलाभ र प्रगतिको सम्भावना छ । मिठो भोजन प्राप्त हुनेछ भने रसरागको भाव वृद्धि होला । गीतसंगीतप्रति आकर्षण रहनेछ ।

मकर

कर्मबल र साहस बढ्ला । साथी घरपरिवारबाट सुख शान्ति मिल्ने दिन छ । यात्रागत कार्यका लागि उचित समय देखिन्छ । लाभदायक यात्राको योग छ । कृषिकर्ममा भने केही चुनौतीको सामना गर्नुपर्ला । परिवारमा हल्का विवाद हुन सक्छ । नियमकानूनले तपाईंलाई साथ दिनेछ ।

कुम्भ

बौद्धिक र रचनात्मक कार्य बन्नेछ, तर दैनिक रुटिनमा सोचेअनुरुप काम नहुने र बढी खर्चले गर्दा मन अशान्त रहन सक्छ । स्वास्थ्यमा पनि सामान्य समस्या आइपर्न सक्छ । कसैलाई सापट दिएको पैसा आफ्नो आवश्यकतामा पनि फिर्ता नहुने योग छ । परिवारजनबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुने सम्भावना छ ।

मीन

आँटेगरेका काम पूरा हुनुका साथै समस्याको समाधान हुने समय भएपनि आज त्यसै–त्यसै अलमलमा परेको अनुभूति होला । काममा खासै मन नजान सक्छ । परिवारबाट सुख मिल्ने दिन छ । प्रेमका सन्दर्भमा सम्बन्ध बिग्रेको छ भने सुधारको थालनी हुने समय छ । जोखिम बढ्नेछ । आफन्तजनको साथ मिल्नेछ । अन्ततः समस्याको समाधान मिल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट