दूधकोसी र अरुणमा बाढीको सम्भावना, सतर्क रहन आग्रह-Sutra News

दूधकोसी र अरुणमा बाढीको सम्भावना, सतर्क रहन आग्रह

बिहिबार, ३१ साउन २०८१

बिहिबार, ३१ साउन २०८१

काठमाडौं । गए रातिदेखिको वर्षाका कारणा खोटाङको ऐसेलुखर्क, दूधकोसी रबुवाबजार, ओखलढुंगा, मानेभन्ज्याङलगायत क्षेत्रका नदीमा पानीको बहाव बढेको छ।



थप वर्षा हुन सक्ने सम्भावना रहेकाले दूधकोसी नदी र यसका सहायक नदीमा तथा टाप खोला, रावा खोला, मौलुङ खोला र अन्य स–साना खोलामा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सङ्खुवासभाको खाँदबारी, अरुण तुर्केघाट वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा भएको र उक्त क्षेत्र भएर बहने अरुण नदी र यसका सहायक नदी तथा सभा खोला, हिन्वा खोला र अन्य स–साना खोलामा बहाव केही बढ्ने विभागले जनाएको छ। नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट