काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको आज थुनछेक बहस हुने भएको छ ।
थुनछेक बहसपछि नै उनलाई धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश हुने छ ।
बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा उनले बयान दिएका थिए ।
सरकारी वकिलको कार्यालयले बेचनलाई ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा प्रतिवादी कायम गरेको छ ।