अन्तिम कारोबार दिनको प्रि ओपन सेसनमै उत्साह-Sutra News

अन्तिम कारोबार दिनको प्रि ओपन सेसनमै उत्साह

बिहिबार, ३१ साउन २०८१

बिहिबार, ३१ साउन २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक २१.८४ अंकले बढेको छ । बुधबार ३४.२९ अंकले बढेको नेप्से बिहीबारको प्रि ओपन सेसनमा पनि बढेको हो ।



२१.८४ अंकले बढ्दै प्रि ओपन सेसनमा नेप्से २९७९.५९ को बिन्दुमा उक्लिएको छ ।

यो सेसनमा ५४ हजार ५२१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ करोड ८६ लाख ७६ हजार रुपैयाँ बराबरको भयो ।

प्रि–ओपन सेसनमा कारोबार भएका १२० कम्पनीमध्ये ८५ कम्पनीको मूल्य बढेको छ भने २० कम्पनीको मूल्यमा सामान्य गिरावट आएको छ ।

प्रि सेसनमा सबैभन्दा बढी श्री इन्भेष्टमेन्ट फाइनान्सको कारोबार भएको छ । जसको कारोबार रकम मात्रै ५० लाख ६० हजार रुपैयाँको भयो ।

लगातार बृद्धिका बीच मंगलबार नेप्सेमा एकल अंकको करेक्सन देखिएको थियो । यद्यपि, बुधबार भने उत्साहपूर्ण रुपमा नेप्से बढ्यो । सँगै कारोबार रकममा पनि उत्साह छायो ।

अन्तिम कारोबार दिन (बिहीबार) नेप्से थप बढ्ने सम्भावना देखिएको छ । नेप्सेले ३ हजारको अवरोधलाई सहजै पार गर्ने सम्भावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट