‘छक्का पञ्जा-५’को गीतमा ज्योति मगरको आपत्ति-Sutra News

‘छक्का पञ्जा-५’को गीतमा ज्योति मगरको आपत्ति

बिहिबार, ३१ साउन २०८१

बिहिबार, ३१ साउन २०८१

काठमाडौं । फिल्म ‘छक्का पञ्जा-५’को गीतलाई लिएर गायिका ज्योति मगरले आपत्ति जनाएकी छन्।



असोज २४ गते रिलिज हुने फिल्मको हालै सार्वजनिक भएको  ‘बिहे भको छैन…’ बोलको गीतलाई लिएर गायिका मगरले आपत्ति जनाएकी हुन् ।

पछिल्लो समय तीज गीत माथि  ‘अभद्र र अर्मादित’ गीत गाएको भन्दै टिका-टिप्पणी भइरहेको बेला ‘छक्का पञ्जा-५’को गीतमा बिहे नभए पनि कुमारित्व नरहेको प्रशंग छ, त्यही कुरा माथी गायिका मगरले प्रश्न उठाएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मगरले भनेकी छन्, ‘बिस्तारा ले पोल्यो’, ‘तीन महिने सुई लाउँछे’ जस्ता गीतहरूले समाज भड्किलो भयो भन्दै भुक्नेहरूले छक्का पन्जाको गीत ‘बिहे भाको छैन म,कुमारी नि हैन म’ भन्ने गीतलाई कुन रूपले लिए होलान् ? यो गीतको भाव बुझेनन् कि क्या हो ? त्यही पनि यो गीतले पनि बिहे गर्‍या छैन, तर सम्भोग गर्‍या छु भन्या त हो नि ? खोइ संस्कारीहरू भुक्दै भुकेनन् त ?’

उनको यो स्टाटसमा कहिले आलोचना गरे पनि धेरै समर्थन गरेका छन् ।

सार्वजनिक गीतमा दीपकराज गिरी र दीपक शर्माको शब्द लेखन, सविन सुवेदी र बेनिशा पौडेलको स्वर रहेको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारद्वय दीपकराज गिरी र वर्षा शिवाकोटीको नृत्य छ ।

‘छक्का पञ्जा-५’ फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । फिल्ममा दीपक र वर्षासँगै केदार घिमिरे, निर्मल शर्मालगायत कलाकारको अभिनय छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट