माओवादीको बैठकमा नेताहरूको जवाफ दिँदै प्रचण्ड-Sutra News

माओवादीको बैठकमा नेताहरूको जवाफ दिँदै प्रचण्ड

बिहिबार, ३१ साउन २०८१

बिहिबार, ३१ साउन २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि उठेका प्रश्नहरूको उत्तर दिएका छन् । बिहीबार बसेको स्थायी समिति बैठकमा उनले पार्टीका नेताहरूले उठाएको प्रश्नको जवाफ दिएका हुन् ।



पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अधयक्ष प्रचण्डले नेताहरुले उठाएको प्रश्नको जवाफ दिइ रहेका छन् । गत शुक्रबारदेखि जारी बैठक आज (बिहीबार) प्रचण्डले नेताहरुले उठाएको प्रश्नको जवाफ दिएसँगै सकिने भएको छ ।

बैठकमा सहभागी एक नेताले भने, ‘सबै नेताहरुले आफ्नो धारणा राखिसक्नुभयो, अब अध्यक्षले जवाफ दिनु हुनेछ, त्यसपछि बैठक सकिन्छ ।’

स्थायी समिति बैठक सकिएपछि केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको छ । बैठकमा समसामायिक राजनीतिक परिस्थिति, पार्टी र संगठन निर्माण, जनवर्गीय संगठनको सम्मेलन र विचार मिल्नेसँग एकता गर्ने एजेण्डा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट