पदक पाउनु पर्ने भारतीय खेलाडीको याचना अस्वीकार-Sutra News

पदक पाउनु पर्ने भारतीय खेलाडीको याचना अस्वीकार

बिहिबार, ३१ साउन २०८१

बिहिबार, ३१ साउन २०८१

काठमाडौं । केही दिनअघि मात्रै सम्पन्न पेरिस ओलम्पिकमा चर्चाको खेलाडी बनिन् भारतीय पहलवान विनेस फोगट । ५० किलो तौल समूहमा उनी जम्मा एक सय ग्राम बढी भएपछि फाइनल खेल्न पाइनन् ।



सबै खेलमा जित हात पार्दै फाइनल पुगेकी उनी स्वर्ण पदकको दाबेदार थिइन् । तर, सय ग्राम तौल बढी भएको भन्दै उनले खेल खेल्न अयोग्य बनिन् । यसैबीच, उनले आफूले स्वर्ण पदक नपाए पनि रजत पदक पाउनु पर्ने दाबी गरेकी थिइन् ।

यसैबीच, विश्व खेलकुदको मध्यस्थता गर्ने एक अदालतले उनको अपील अस्वीकार गरेको जनाएको छ । उनले खेलकुद अदालतमा याचिका दायर गरेकी थिइन ।

तर, उनको मुद्दाको सुनवाइ १६ अगस्तमा फैसला हुने भनिए पनि दुई दिनअघि अर्थात अगस्ट १४ गते खारेज गरिएको हो । यो निर्णयपछि भारतीय ओलम्पिक कमिटीकी अध्यक्ष पीटी उषाले असन्तुष्टि जनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट