काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद्मा परेका नागरिकको स्थायी आवास निर्माण गर्न अनुदान दिन मापदण्ड तयार गरेको बताएका छन् ।
बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले सबै खालका विपद्बाट घर क्षति भएका नागरिकको अस्थायी आवाज निर्माणका लागि अनुदान मापदण्ड २०८१ तयार गरिएको बताए ।
मन्त्रिपरिषद्बाट पारित भएपछि मापदण्ड कार्यान्वयन हुने उनको भनाइ थियो । उनले २५–२५ हजार रुपैयाँका दरले दुई किस्तामा रकम दिने गरी मापदण्ड तयार भएको जानकारी दिए ।
स्थायी आवास बनाउनका लागि सरकारले गम्भीरताका साथ अघि बढिरहेको उनको भनाइ छ । उनले जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितका लागि तीन अर्ब १६ करोड रुपैयाँ बिनियोजन भएको जानकारी दिए ।