राष्ट्रियसभामा पेश भयो टीआरसी विधेयक-Sutra News

राष्ट्रियसभामा पेश भयो टीआरसी विधेयक

बिहिबार, ३१ साउन २०८१

बिहिबार, ३१ साउन २०८१

काठमाडौं । राष्ट्रियसभाको बैठकमा संक्रमण कालीन न्यायसँगसम्बन्धित (टीआरसी) विधेयक पेश भएको छ । बिहीबार बसेको बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले विधेयक पेश गरेका हुन् ।



उनले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ का सन्दर्भमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश जानकारी गराएका थिए ।

यसअघि प्रतिनिधिसभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राखेको प्रस्ताव राखेका थिए ।

बैठकमा विधेयकमाथि छलफल भएपछि सभामुख देवराज घिमिरेले पारित भएको घोषणा गरेका थिए । बैठकमा दलहरूका शीर्ष नेताहरूले सम्बोधन गरेका थिए ।

प्रतिनिधिसभामा बहुमतले पारित भएको विधेयक राष्ट्रियसभाले पनि पारित गर्ने विश्वास लिइएको छ । यस बैठकबाट भएसँगै राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि सत्य निरुपण, मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन प्रक्रिया अघि बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट