अल्टिमाले एआई जडित स्मार्ट वाच ल्याउँदै, मूल्य कति ?-Sutra News

अल्टिमाले एआई जडित स्मार्ट वाच ल्याउँदै, मूल्य कति ?

बिहिबार, ३१ साउन २०८१

बिहिबार, ३१ साउन २०८१

काठमाडौं । अल्टिमा लाइफस्टाइलले अत्याधुनिक सुविधासहितको अल्टिमा सर्कल २.० स्मार्ट वाच ल्याउने घोषणा गरेको छ । कम्पनीले आगामी अगस्ट २० मा विशेष समारोहसहित अल्टिमा सर्कल २.० स्मार्ट वाच सार्वजनिक गर्ने जनाएको छ । जसको प्रि बुकिङ्ग अगस्ट १८ देखि गर्न सकिने कम्पनीले जनाएको छ ।



कम्पनीले अल्टिमा सर्कल २.० स्मार्ट वाचको सुरुवाती मूल्य ३ हजार ७९९ रुपैयाँ तोकेको छ ।

एआई प्रविधिको समेत सुविधा जोडिएको यो स्मार्ट वाचसँग आफ्नै भाषामा कुराकानी गर्न सकिने कम्पनीले जनाएको छ । जहाँ थपिएको च्याट जिपिटीको सुविधाले प्रयोगकर्ताले थुप्रै प्रविधिसँग सम्बन्धित सेवाहरु उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

अल्टिमा सर्कल २.० स्मार्ट वाचको विशेषत के–के ?

अल्टिमा सर्कल २.० स्मार्ट वाचमा कम्पनीले ३ एटिएम वाटर रेसिस्टेन्सको सुविधा दिएको छ । कम्पनीका अनुसार वर्षामा रुझ्दा, हात धुँदा, स्विमिङ गर्दासमेत घडीमा पानी छिर्दैन ।

प्रयोगकर्ताको स्वास्थ्यलाई समेत विशेष ध्यान दिइ स्मार्ट वाचमा सुविधाहरु उपलब्ध गराइएको कम्पनीले जनाएको छ । जसमा वाच फेस र व्यायाम मोडहरु छन् । जसले तपाइँको बाहिरी चाल र मुटुको घड्कनसमेत ट्र्याक गर्ने कम्पनीको भनाई छ ।

सुपर स्लिम प्रिमियम जिंक मिश्र धातुबाट फ्रेम बनाइएको यो स्मार्ट वार्चमा १.४३ इन्चको ट्रु डिस्प्ले रहेको जनाइएको छ । १००० निट्ससम्मको उज्यालो दिने यस स्मार्ट वाचमा ब्यूटु्थ कलिङसहितका सुविधाहरु समेटिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार स्मार्ट वाचको ब्याट्रीले २ देखि ३ दिनसम्म हेभि प्रयोग र ४ देखि ५ दिनसम्म सामान्य प्रयोग गर्न सकिन्छ । साथै, ब्याट्रीले ३० दिनको स्ट्यान्डबाई धान्ने कम्पनीले जनाएको छ ।

भि ५.३ ब्यूटुथ रहेको यस स्मार्ट वाचमा इनबिल्ट माइक र स्पीकर रहेको छ । साथै, फास्ट डायलर रहेको स्मार्ट वाचमा १०० भन्दा बढी स्पोर्टस् मोड रहेका छन् ।

वायरलेस चार्जिङ्गको सुविधासमेत रहेको यो स्मार्ट वाचमा आईओएस ८.०, एनड्रोयड ५.१ र ब्यूटुथ ४.० समेटिएको छ ।

कम्पनीले अल्टिमा सर्कल २.० स्मार्ट वाचमा एक वर्षको वारेन्टी दिएको छ ।

स्मार्ट वाच कम्पनीको आधिकारिक वेबसाइटसहित दराज, खल्ती, जिभी, हुकुट, ब्रदरमार्ट, नियो र अन्य रिटेल स्टोरहरुबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीबारे बुझ्न कम्पनीको आधिकारिक वेबसाइटमा हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट