घुस लिँदै गर्दा पक्राउ परेका अधिकृतविरुद्ध मुद्दा दायर-Sutra News

घुस लिँदै गर्दा पक्राउ परेका अधिकृतविरुद्ध मुद्दा दायर

बिहिबार, ३१ साउन २०८१

बिहिबार, ३१ साउन २०८१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्र एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध मुद्दा दायर गरेको छ ।



आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार चालक अनुमतिपत्रको अभिलेख नवीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग बीस हजार घुस लिँदै गरेको अवस्थामा कम्प्युटर अधिकृत रेग्मी पक्राउ परेका थिए ।

आरोपी रेग्मीलाई बिगो बमोजिम कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट