यस्तो छ ‘कार्साङ’मा दयाहाङ र सिर्जनाको क्यारेक्टर लुक्स-Sutra News

यस्तो छ ‘कार्साङ’मा दयाहाङ र सिर्जनाको क्यारेक्टर लुक्स

बिहिबार, ३१ साउन २०८१

बिहिबार, ३१ साउन २०८१

काठमाडौं । यम शेर्पाले निर्देशनमा निर्माण भइरहेको फिल्म ‘कार्साङ’ को छायांकन यतिबेला सिन्धुपाल्चोकको भोटेकोसी र बाह्रबिसे क्षेत्रमा धमाधम भइरहेको छ ।



फिल्मका मुख्य कलाकारहरु व्यस्त छायांकनमा छन् भने फिल्मको छायांकन सेटबाट शीर्ष दुई कलाकारको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ, जसमा अभिनेता दयाहाङ राई र नव-अभिनेत्री सिर्जना निङ्लेखु देखिएका छन् ।

ग्रामीण चरित्रमा देखिएका दयाहाङ र सिर्जना दुवै जना डिलमा बसिरहेको देखिन्छन्। फिल्ममा उनीहरूले जोडीको भूमिका निर्वाह गरेका छन् । केही म्युजिक भिडियोमा काम गरेकी सिर्जनाको यो डेब्यु फिल्म हो ।

सामाजिक कथावस्तुमा निर्माण हुने यो फिल्ममा निर्देशक शेर्पा स्वयंको कथा, पटकथा तथा संवाद रहेको छ। यसअघि थुप्रै सर्ट फिल्म निर्देशन गरिसकेका शेर्पाको यो डेब्यु निर्देशकीय फिल्म हो ।

यस फिल्ममा दयाहाङ र सिर्जनासहित जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित, कर्मा शेर्पाको अभिनय रहेनछ। बाल कलाकारमा राशी लिम्बु र सोहन थापाले अभिनय गर्दैछन्।

यस फिल्मको निर्माता पुरूषोत्तम प्रधान हुन। फिल्ममा उनकै डिओपी रहनेछ।

‘कार्साङ’ प्रदर्शन मिति भने तय गरिएको छैन।  फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट