जनार्दनले पार्टी फुटाउने भन्नेबारे प्रचण्डले भने- यी सबै कुरा हल्ला मात्रै हो-Sutra News

जनार्दनले पार्टी फुटाउने भन्नेबारे प्रचण्डले भने- यी सबै कुरा हल्ला मात्रै हो

बिहिबार, ३१ साउन २०८१

बिहिबार, ३१ साउन २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी फुट्ने कुरा हल्ला मात्रै भएको बताएका छन् । स्थायी कमिटीको बैठकपछि बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दैै उनले पार्टीमा कुनै विवाद नभएको बताए ।



पत्रकारहरूले उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँदै छ हो ? भनेर गरेको प्रश्नमा प्रचण्डले यो हल्लामा सत्यता नभएको बताए ।

‘पार्टी फुट्ने भन्ने चर्चा गलत हो, खासगरी कमरेड प्रभाकरले पार्टी फुटाउँछ भनेजस्तो त्यो चाहिँ बिलकुल गलत हो, पार्टी एकताबद्ध भएको छ, कमरेड प्रभाकरसहित सबै पार्टीमा एकताबद्ध भएका छौँ,’ उनले भने ।

यस्तै, उनले संक्रमण कालीन न्यायसँगसम्बन्धित (टीआरसी) विधेयक पेश भएसँगै सबैले सही ढंगले कार्यान्वयन गर्नु पर्ने अवस्था आएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट