क्यान्सर अस्पतालका लेखा अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर-Sutra News

क्यान्सर अस्पतालका लेखा अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

बिहिबार, ३१ साउन २०८१

बिहिबार, ३१ साउन २०८१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा कार्यरत लेखा अधिकृत अमृता कोइरालाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।



लेखा अधिकृत कोइरालाले औषधि आपूर्तिको बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग एक लाख ५० हजार घुस लिएको अवस्थामा पक्राउ गरी अनुसन्धान गरिरहेको थियो ।

अख्तियारले लेखा अधिकृत कोइरालाले ६ लाख घुस मागेकोमा एक लाख ५० हजार घुस रकम नगद र ४ लाख ५० हजार चेकसमेत लिएको पुष्टि भएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।

साथै कोइरालाले दुई वर्षअघि दुई पटक गरेर एक लाख ४ हजारसमेत लिएको पाइएको र सो रकम दुई वर्षभन्दा बढी समय भइसक्दासमेत फिर्ता गरेको नदेखिएकाले सेवाग्राहीसँग व्यवसायिक आचरणविपरीत आफू बहाल रहेको पद अनुसार सम्पादन गर्नु पर्ने कामसँग सम्बन्धित व्यक्तिसँग सो रकम सापटी लिएको पुष्टि हुन आएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट