पेट्रोलियम पदार्थको मूल्य घट्यो, नयाँ मूल्य दर कति ?-Sutra News

पेट्रोलियम पदार्थको मूल्य घट्यो, नयाँ मूल्य दर कति ?

बिहिबार, ३१ साउन २०८१

बिहिबार, ३१ साउन २०८१

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबार बसेको निगमको सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।



सोअनुसार पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । निगमका अनुसार घटेको मूल्य राति १२ बजेदेखि लागि हुने छ ।

निगमले भारतबाट आएको नयाँ मूल्य सूचीअनुसार मूल्य समायोजन गरेको हो । नयाँ मूल्यअनुसार काठमाडौंमा पेट्रोलको प्रतिलिटर १६५ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर १५५ रुपैयाँ पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट