आवश्यकताभन्दा बढी पानी पिउनु पनि खतरनाक !-Sutra News

आवश्यकताभन्दा बढी पानी पिउनु पनि खतरनाक !

शुक्रबार, ३२ साउन २०८१

शुक्रबार, ३२ साउन २०८१

पानी पिउनु स्वस्थ रहने उपाय हो। पानीको कमीले शरीरमा धेरै समस्या निम्त्याउन सक्छ, तर धेरै पानी पिउनु घातक हुने विज्ञहरू बताउँछन् ।



विज्ञहरूले बताएअनुसार एकैपटक धेरै पानी पिउनु घातक हुनसक्छ । यसले पानीको विषाक्तता निम्त्याउन सक्छ।

शरीरमा पानीको मात्रा बढी हुँदा सोडियम पग्लन थाल्छ । जसका कारण रगतमा सोडियमको मात्रा सामान्यभन्दा धेरै कम हुन्छ ।

यसले मस्तिष्कको कोशिकाहरूमा घाउ गराउन सक्छ । जसका कारण शरीरका अंगहरूमा रगत आपूर्ति बन्द हुन सक्छ।

यद्यपि, यो निकै दुर्लभ समस्या हो, तर जब कसैले सीमाभन्दा बढी पानी पिउँछ, त्यसमा रहेको इलेक्ट्रोलाइट्स रगतमा पातलो हुन्छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार स्वस्थ व्यक्तिलाई दैनिक कति पानी चाहिन्छ, त्यो उसको स्वास्थ्य, लिङ्ग, जीवनशैली र मौसममा भर पर्छ।

युएस नेशनल एकेडेमी अफ साइन्स एण्ड इन्जिनियरिङ मेडिसिनका अनुसार पुरुषका लागि दैनिक ३.७ लिटर र महिलाका लागि २.७ लिटर पानी पिउनु पूर्ण रूपमा सुरक्षित छ। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट