काठमाडाैं । अमेरिकी उपविदेशमन्त्री रिचर्ड बर्मा नेपाल आइपुगेका छन्। एक दिने नेपाल भ्रमणकाे लागि बर्मा शुक्रबार नेपाल आइपुगेका हुन् ।
काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री बर्मा नेपाल आइपुगेको जानकारी दिएकाे छ । उनलाई अमेरकी राजदूत डिन थम्पनले स्वागत गरेका छन् ।
बर्माले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा अोली, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायत विभिन्न उच्च स्तरीय अधिकारीलाई भेट्ने नेपालस्थित अमेरिकी दूतावास स्रोतले जनाएको छ ।
साथै, उनले वरिष्ठ सरकारी अधिकारी, विकास परियोजनाका प्रतिनिधि तथा व्यापार व्यवसायीका प्रतिनिधिहरुलाई भेट्ने कार्यक्रम रहेको छ ।
आर्थिक विकास, महिला सशक्तीकरण, ऊर्जालगायतका क्षेत्रमा भएको समझदारीलगायतको विषयमा उनले छलफल गर्ने बताइएको छ ।
जाे बाइडेन सरकारमा शक्तिशाली मन्त्रीमध्ये बर्मा पनि एक हुन् । नेपाल मामिलामा राम्राे जानकार मानिने बर्मा गत अगस्त ६ मा नियुक्त भएका थिए ।
केपी शर्मा अोली नेतृत्वकाे सरकार गठनपछि अमेरिकाबाट हुन लागेको याे सबैभन्दा ठूलाे भ्रमण हाे । भारतीय विदेश मन्त्रालयका विदेश सचिव विक्रम मिस्री फर्के लगत्तै भएकाे याे भ्रमणलाई चासाेपूर्वक हेरिएकाे छ ।