भदौमा पनि घट्यो निक्षेपको ब्याजदर, कुन बैंकको दर कति ?-Sutra News

भदौमा पनि घट्यो निक्षेपको ब्याजदर, कुन बैंकको दर कति ?

शुक्रबार, ३२ साउन २०८१

शुक्रबार, ३२ साउन २०८१

काठमाडौं । आगामी भदौको लागि पनि अधिकांश वाणिज्य बैंकहरूले मुद्दति निक्षेपको व्याजदर घटाएका छन् । साउनको तुलनामा भदौका लागि औसतमा ०.१९ प्रतिशतले ब्याजदर घटेको छ ।



साउनमा औसतमा ६.७३ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर भदौका लागि ०.१९ प्रतिशतले घटेर औसतमा ६.५४ प्रतिशतमा झरेको छ ।

२० वाणिज्य बैंकमध्ये ११ बैंकले निक्षेपको ब्याजदर घटाएका छन् भने आठ वाणिज्य बैंकले भने साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । भदौमा प्राइम कमर्सियल बैंकले भने निक्षेपको ब्याजदर बढाएको छ ।

भदौमा ब्याजदर बढाउनेमा हिमालन, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एभरेष्ट, राष्ट्रिय वाणिज्य, एनआइसी एसिया, एनएमबी, सानिमा, प्रभु, कृषि विकास र नेपाल एसबिआई बैंक रहेका छन् । माछापुच्छ्रे, कुमारी, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चाटर्ड, नबिल, ग्लोबल आइएमई, सिटिजन र नेपाल बैंकले भने साउनकै ब्याजदरलाई कायम राखेका छन् ।

परिवर्तित ब्याजदरअनुसार भदौमा एनआइसी एसियाले सबैभन्दा बढी ७.४१ प्रतिशत ब्याज दिनेछ भने नेपाल बैंकले सबैभन्दा कम ५.२५ प्रतिशत ब्याजदर दिनेछ ।

बैंकहरुले लगातार केही महिनादेखि नै ब्याजदर घटाइरहेका छन् । मुद्दती निक्षेप बढ्ने तर, कर्जा प्रवाह हुने अवस्था नभएपछि बैंकहरु ब्याजदर घटाउन प्रतिस्पर्धामा देखिन्छन् ।

भदौमा कुनको ब्याजदर कति ?

एनएमबी ७.४१

एनआइसी एसिया ७.४१

सिटिजन्स बैंक ६.७५

हिमालयन बैंक ७

माछापुच्छ्रे बैंक ६.५

नबिल बैंक ७

सिद्धार्थ बैंक ६.५

प्राइम कमर्सियल ६.७५

सानिमा बैंक ६.२

प्रभु बैंक ६

लक्ष्मी सनराइज बैंक ५.५

ग्लोबल आइएमई बैंक ६.२५

स्ट्यान्डर्ड चार्टर्ड बैंक ७

एभरेष्ट बैंक ६.३

नेपाल इन्भेष्टमेन्ट बैंक ६.५

नेपाल बैंक ५.२५

राष्ट्रिय वाणिज्य बैंक ६.०७

नेपाल एसबिआई बैंक ६.३

कृषि विकास बैंक ६.०५

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट