प्रचण्डलाई भेटेर बेलायती राजदूतले राखे टीआरसीबारे प्रश्न-Sutra News

प्रचण्डलाई भेटेर बेलायती राजदूतले राखे टीआरसीबारे प्रश्न

शुक्रबार, ३२ साउन २०८१

शुक्रबार, ३२ साउन २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गरेका छन् । शुक्रबार ललितपुरको खुमलटारस्थित अध्यक्ष प्रचण्ड निवासमै पुगेर फेनले भेटेका हुन् ।



भेटमा फेनले प्रतिनिधिसभाबाट पारित भएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकको सन्दर्भमा चासो राखेको प्रचण्डको सचिवालयले जनाएको छ । उनले पारित विधेयक पीडितमैत्री हुनुपर्ने भन्दै पीडितहरुको न्यायका पक्षमा सहयोग गर्ने बताएको जनाइएको छ ।

प्रचण्डले भने आफू सरकारको नेतृत्वमा रहँदा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउन पहल लिएको उल्लेख गर्दै विधेयक निष्कर्षमा पुग्दा त्यसले विश्व शान्तिका निम्तिसमेत योगदान पुग्ने विश्वास व्यक्त गरेको सचिवालयले जनाएको छ । उनले आफ्नो प्रधानमन्त्रीत्वकालमा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्न विशेष पहल लिएको स्मरण गर्दै जलवायु न्यायलगायत क्षेत्रमा नेपालले नेतृत्वदायी भूमिका खेलेको बताए ।

भेटमा अध्यक्ष प्रचण्डले भूतपूर्व गोर्खा सैनिकले उठाउँदै आएका सवालहरू बेलायती सरकारबाट सम्बोधन हुने विश्वाससमेत व्यक्त, गरेका छन् । साथै, पारस्परिक सहयोग र व्यापारमा समेत साझेदारी बढाउने सन्दर्भमा पनि दुईबीच छलफल भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट