काठमाडाैं । अमेरिकी राष्ट्रपतीय निर्वाचन आउन अब केही महिना मात्रै बाँकी छ । यहीबीच अमेरिकाभित्रै गरिएका धेरै सर्वेक्षणहरूमा डेमोक्य्राट पार्टीकी उम्मेदवार कमला ह्यारिसले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई ठूलाे मतान्तरले हराउने देखिएकाे छ । मिडिया सर्वेक्षणहरूले ह्यारिसको जित निश्चित भएकाे देखाएकाे छ ।
अमेरिकी अखबार ‘द वाशिंगटन पोस्ट’ले आफ्नो मतदान मोडेलको नतिजाको आधारमा राष्ट्रपति जो बाइडेनले चुनावी दौडबाट पछि हटेको दिनको तुलनामा कमला ह्यारिसले राष्ट्रिय स्तरमा आफ्नो समर्थन दुई प्रतिशतले बढाएको र आइतबार उनी धेरै अगाडि बढेकाे बताएकाे छ । अर्काे अमेरिकी अखबारले पनि स्विङ राज्यहरूमा पनि ह्यारिसको समर्थन २१ जुनदेखि २.१ प्रतिशतले बढेको बताएकाे छ । उनी सातमध्ये दुई राज्यमा ट्रम्पभन्दा धेरै अगाडि छिन् ।
अखबारले भनेअनुसार यदि यही साता चुनाव भयो भने, कमला ह्यारिस ह्वाइट हाउसमा पुग्ने कुरा निश्चित छ । पोस्टका अनुसार कमला ह्यारिसले विस्कॉन्सिन र पेन्सिलभेनियामा अग्रता हासिल गरिसकेकी छिन् र मिशिगनमा पनि ट्रम्पलाई कडा टक्कर दिएकी छिन् । जहाँ रिपब्लिकन उम्मेदवारको अग्रता अब एक प्रतिशत मात्रै छ।
वाशिंगटन पोस्टले बताएअनुसार, यदि यही साताभित्र मतदान भयो भने, कमला ह्यारिसले चुनाव जित्ने अधिक संभावना छ। उनले धेरै राज्यमा ट्रम्पलाई राम्रोसँग लडाइरहेकी छिन् र इलेक्टोरल कलेजमा २७० मत प्राप्त गरेर राष्ट्रपति पदका लागि बहुमत ल्याउन सक्छिन् । एजेन्सीकाे सहयाेगमा