काठमाडाैं । प्रभु बैंकले कर्मचारी तथा ग्राहकवर्गहरुलाई बुद्ध एयरको सेवामा विशेष छूट दिने सम्झौता गरेको छ ।
उक्त सम्झौतामा कम्पनीतर्फबाट चिफ म्यानेजर मन्जय राज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्ध एयरको तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्धवलाल कायस्थले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार कर्मचारी तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा बुद्ध एयरको उपलब्ध सेवामा ८ प्रतिशत छूट प्राप्त गर्न सक्ने कम्पनीले बताएकोे छ ।
बुद्धएयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छूटको व्यवस्था गरिने बताएको छ ।
हाल कम्पनीले नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत् करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा दिइरहेको छ ।