दुधकाेसीमा आएको भीषण बाढीले सोलुखुम्बुको थामे गाउँ संकटमा-Sutra News

दुधकाेसीमा आएको भीषण बाढीले सोलुखुम्बुको थामे गाउँ संकटमा

शुक्रबार, ३२ साउन २०८१

शुक्रबार, ३२ साउन २०८१

काठमाडौं । सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ मा पर्ने थामे गाउँमा शुक्रबार दिउँसो एक्कासि बाढी आएको हो । जसले पुरै गाउँ नराम्राेसँग प्रभावित बनाएकाे छ ।



बाढीले के-कति क्षति पुर्यायाे भन्ने यकिन नभएपनि ठूलाे क्षति गरेकाे हुनसक्ने बताइएकाे छ ।

पानी नपरिरहेकाे बेलामा एक्कासी आएकाे बाढी माथिल्लो भेगमा रहेको हिमताल फुटेको हुनसक्ने आशंका स्थानीयकाे छ । हिमताल फुटेर दुधकाेसी बाढी आएकाे हुनसक्ने बताइएकाे छ ।

प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले हिमताल फुटेकाे हाे वा हाेइन भन्ने यकिन नभएकाे जनाइन् ।

स्थानीय प्रशासनले दुधकाेशीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

बाढीकाे चपेटामा परेकाे थामे गाउँमा ४५ घरधुरी रहेकाे स्थानीय प्रशासनले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट