थामे बाढीले १२ घरसहित एक विद्यालय बगायो-Sutra News

थामे बाढीले १२ घरसहित एक विद्यालय बगायो

शुक्रबार, ३२ साउन २०८१

शुक्रबार, ३२ साउन २०८१

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका ५ को थामे क्षेत्रमा आएको भीषण बाढीले १२ घरसहित एक विद्यालयमा क्षति पुर्याएकाे छ ।



जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी द्वारिकाप्रसाद घिमिरेले जनाएअनुसार शुक्रवार दिउँसो एक्कासि आएको बाढीले थामेका उक्त क्षति पुर्याएकाे हाे ।

घिमिरेका दिउँसो आएको कारण बाढीमा परी मानवीय क्षति भने हुन पाएन ।

अहिले बाढी प्रभावित क्षेत्रमा नेपाली सेना र नेपाल प्रहरीको टोली पुगिसकेको छ । दुधकोशी नदीको तल्लो तटीय क्षेत्र भने खतरामुक्त रहेको जनाइएको छ ।

टासी र लाप्चे जाने बाटोमा भएका हिमतालहरू फुटेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट