लोकार्नो फिल्म फेस्टिभलमा थिन्लेलाई ‘बोक्कालिनो डिओर’ अवार्ड-Sutra News

लोकार्नो फिल्म फेस्टिभलमा थिन्लेलाई ‘बोक्कालिनो डिओर’ अवार्ड

शनिबार, १ भाद्र २०८१

शनिबार, १ भाद्र २०८१

काठमाडौं । निर्देशक मीनबहादुर भामद्वारा निर्देशित नेपाली फिल्म ‘साम्बाला’मा मुख्य पात्रको भूमिकामा अभिनय गरेकी कलाकार थिन्ले ल्हामोले स्वीजरल्याण्डमा आयोजित ७७ औं लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि प्रतिष्ठित ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी छन् ।



साम्बाला फिल्मको मुख्य कलाकार थिन्लेले प्रतिष्ठित अवार्ड जितेको घोषणा गर्न पाउँदा फिल्म निर्माण पक्षले खुशी व्यक्त गरेको छ । निर्माण पक्षका अनुसार दक्षिण एसियाली कलाकारले पहिलो पटक यस प्रकारको सम्मान र ऐतिहासिक सफलता हासिल गरेको हो ।

‘यो अवार्ड जित्नु थिन्लेको उत्कृष्ट अभिनयको सम्मान मात्र नभई नेपालका प्रतिभाशाली र उदीयमान कलाकारका लागि समेत प्रेरणा प्रदान गर्ने महत्त्वपूर्ण क्षण हो । साथै, यो अवार्ड नेपाली कलाकारले जित्नुको अर्थ फिल्मको विश्वव्यापी मञ्चमा दक्षिण एसियाको बढ्दो प्रभावको उदाहरणका रुपमा लिन सकिने विश्वास हामीले गरेका छौं’, निर्माण कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

उसले यो सफलता नेपालका फिल्मकर्मी, हिमाली क्षेत्रका प्रेरणादायी, सवल र उर्जाशील महिला र विश्व समुदायप्रति समर्पण गर्न चाहेको जनाएको छ ।

प्रेस विज्ञप्ति !

लोकार्नो फिल्म फेस्टिभलमा नेपाली कलाकार थिन्ले ल्हामोलाई उत्कृष्ट अवार्ड !!! अगस्ट १६, २०२४, स्वीजरल्याण्ड मीनवहादुर भामद्धारा निर्देशित नेपाली फिल्म साम्बालामा मुख्य पात्रको भूमिकामा अभिनय गरेकी कलाकार थिन्ले ल्हामोले स्वीजरल्याण्डमा आयोजित ७७ औं लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभियानका लागि प्रतिष्ठित “बोक्कालिनो डिओर” अवार्ड जितेकी छन् ।

साम्बाला फिल्मको मुुख्य कलाकार थिन्लेले प्रतिष्ठित अवार्ड जितेको घोषणा गर्न पाउँदा हामी निकै रोमाञ्चित र गौरवान्भित भएका छौं । दक्षिण एसियाली कलाकारले पहिलो पटक यस प्रकारको सम्मान र ऐतिहासिक सफलता हासिल गरेका हुन् । साम्बालामा थिन्लेले बहुपति प्रथा अनुुसार विवाह गरेकी डोल्पाली महिला पेमाको प्रतिनिधित्व गर्दै अभियान गरेकी थिइन् । जसमा ती महिला पात्रले हिमाली क्षेत्रको संघर्षपूर्ण जीवनयापन अन्त्य गर्दै जीवनमा नयाँ खोज र स्वतन्त्रताका लागि गरेकोे जोखिमयुुक्त यात्रा गरेकी छन् ।

साम्बाला फिल्म टीम कलाकार थिन्ले र समग्र टीमलाई यस उदाहरणीय सफलताका लागि हार्दिक बधाई र आभार प्रकट गर्न चाहान्छ । यो अवार्ड जित्नु थिन्लेको उत्कृष्ट अभियानको सम्मान मात्र नभई नेपालका प्रतिभाशाली र उदीयमान कलाकारका लागि समेत प्रेरणा प्रदान गर्ने महत्वपूर्ण क्षण हो । साथै, यो अवार्ड नेपाली कलाकारले जित्नुुको अर्थ फिल्मको विश्वव्यापी मञ्चमा दक्षिण एसियाको बढ्दो प्रभावको उदाहरणका रुपमा लिन सकिने विश्वास हामीले गरेका छौं ।

यो सफलता हामी नेपालका फिल्मकर्मी, हिमाली क्षेत्रका प्रेरणादायी, सवल र उर्जाशील महिला र विश्व समुुदायप्रति समर्पण गर्न चाहान्छौं । तपाईको निरन्तरको सहयोगप्रति हामी आभारी छौं ।

टिम साम्बाला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट