अजय देवगनलाई अभिवादन नगरेपछि फिल्मबाट हटाइए विजयराज !-Sutra News

अजय देवगनलाई अभिवादन नगरेपछि फिल्मबाट हटाइए विजयराज !

शनिबार, १ भाद्र २०८१

शनिबार, १ भाद्र २०८१

बलिउड अभिनेता अजय देवगनको एक्सन कमेडी फिल्म ‘सन अफ सरदार’ को सिक्वेल ‘सन अफ सरदार २’ घोषणा भएदेखि नै चर्चामा छ भने फिल्मको सेटबाट अभिनेता विजय राजलाई हटाइएको खबर पनि यतिबेला निकै चर्चाको विषय बनेको छ ।



हाल बेलायतमा छायांकन भइरहेको फिल्मको सेटमा अभिनेताले दुर्व्यवहार गरेको आरोपमा उनलाई फिल्मबाट हटाइएको खबर भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । अर्कोतर्फ अभिनेता विजयले भने दुर्व्यवहारलाई अस्वीकार गर्दै आफूले अजय देवगनलाई फिल्मको सेटमा स्वागत नगरेको भन्दै फिल्मबाट हटाइएको बताएका छन् ।

यसअघि यो फिल्मको लागि अर्का बलिउड अभिनेता सञ्जय दत्तले बेलायतको भिसा नपाएपछि बाहिरिएका थिए । मिडिया रिपोर्टका अनुसार अभिनेता विजयको दाबी विपरीत उनले फिल्मको सेटमा प्रिमियम सुइट, भ्यानिटी भ्यान लगायतको माग गरेको दाबी गरिएको छ ।

बेलायत फिल्म सुटिङका लागि महँगो ठाउँ भएको भए पनि उनलाई राम्रो सुविधा उपलब्ध गराए पनि उनले निर्माण टिमलाई दुर्व्यवहार गरेको बताइएको छ । निर्माण पक्षले अभिनेताका सबै माग पूरा गर्ने प्रयास गर्दा पनि उनको माग पूरा नभएपछि व्यवहार झनै बिग्रिएको बताएको छ ।

तर, विजय राजले भने आफूले अभिनेता अजय देवगनलाई अभिवादन नगरेका कारण फिल्मबाट हटाएको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘म ट्रायलका लागि समयमै पुगेँ, म भ्यानमा पुगे र रविकिशन मलाई भेट्न आए । मलाई भेट्न कार्यकारी निर्माता आशिष र निर्माता कुमार मंगल आए, त्यसपछि निर्देशक विजय अरोरा आए । भ्यानबाट बाहिर निस्केँ, र अजय देवगनलाई २५ मिटर टाढा उभिरहेको देखेँ, म व्यस्त भएकोले उनलाई स्वागत गर्न गइन र साथीहरूसँग कुरा गरिरहेँ, २५ मिनेटपछि कुमार मंगल मेरो छेउमा आएर भने, तिमी फिल्मबाट बाहिर निस्क, हामी तिमीलाई निकाल्छौँ । सेटमा पुगेको ३० मिनेटपछि मलाई फिल्मबाट हटाइयो, किनभने मैले अजय देवगनलाई अभिवादन गरिन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट