फिल्म ‘आँखा’को प्रदर्शन मिति घोषणा, ‘देवरा’सँग भिडदै-Sutra News

फिल्म ‘आँखा’को प्रदर्शन मिति घोषणा, ‘देवरा’सँग भिडदै

शनिबार, १ भाद्र २०८१

शनिबार, १ भाद्र २०८१

काठमाडौं । जौन योन्जनको निर्देशनमा तयार भएको फिल्म ‘आँखा’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माण कम्पनि लामा सिनेमाजले शनिबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी असोज ११ लाई प्रदर्शन मिति तय गरेको हो ।



फिल्मले यो सोलो रिलिजको अबसर पाउने मितिमा हालसम्म अन्य कुनै नेपाली फिल्मले मिति तोकेका छैनन् । तर, यसै दिन साउथ सुपरस्टार जुनियर एनटीआरको फिल्म ‘देवरा’ नेपाल आउँदैछ ।

सामाजिक विषयवस्तुमा तयार भएको फिल्म ‘आँखा’को सार्वजनिक पोस्टरमा प्रमुख दुई कलाकार फिचर्ड छन् । पोस्टर हेर्दा फिल्मले उठाएको कथावस्तु खुलाउन खोजेको भान पोस्टरले दिन्छ ।

सुकुम्बासी बस्ती र सूर्यमखी फूललाई पृष्ठभुमी बनाई तयार गरिएको पोस्टरमा अभिनेत्री स्मिता लामिछाने र अभिनेता आरके मेहताले सर-समानसहितका झोला लिएर निस्केको देखाउँदा उनिहरूले बस्ती छोडेर बाहिरिँदै गरेको आँकलन गर्न सकिन्छ ।

निर्देशक योन्जनले ‘आँखा’ले कुनै व्यक्तिदेखि समाजसम्मकै वास्तविकता देख्ने भन्दै नेपाली समाजको एक पाटोको यथार्थता यो फिल्मले बोकेको बताउँछन् ।

ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको यो फिल्ममा स्मिता र आरकेसँगै निशा अधिकारी,बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बराल मुख्य अभिनयमा छन् । बाल कलाकारको भुमिकामा प्रसन राई छन् ।

निर्देशक योन्जनकै कथा, पटकथा रहेको फिल्मको निर्माता पनि योन्जन नै हुन् भने नारायणप्रसाद बराल कार्यकारी निर्माता रहँदा राम बस्नेत लाइन प्रोड्यूसर छन् । सह-निर्मातामा रेनुका कार्की ढोली छिन् ।

फिल्ममा कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन छ । आलोक शुक्लाको छायांकन रहेको फिल्म ‘आँखा’मा संगीत दिपक आरजे र जयन जे वाइवाको छ । फिल्ममा पार्श्व संगीत गंगा थापाको र ध्वनी मुद्रण किशोर आचार्यको छ ।

फिल्मको प्रदर्शन तथा वितरण अधिकार आरआर फिल्मस्’ले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट