काठमाडौं । नेपालले आईसीसी यू १९ क्रिकेट विश्वकपको एशिया क्वालिफायर २०२५ को आयोजना गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आगामी अप्रिल १२ देखि २१ सम्म काठमाडौंमा प्रतियोगिता आयोजना हुने भएको हो । प्रतियोगिताको विजेताले २०२६ मा हुने आईसीसी यू १९ विश्वकपमा भाग लिन पाउने छ ।
यू १९ एशिया क्वालिफायरमा आयोजक नेपालसहित अफगानिस्तान, ओमान, हङकङ र युएईले भाग लिने छन् । १६ देशले भाग लिने यो प्रतियोगिता जिम्बाबेले आयोजना गर्ने बताइएको छ ।