कांग्रेस एमालेको सम्बन्ध संविधान विपरीत हो- नेता रावल-Sutra News

कांग्रेस एमालेको सम्बन्ध संविधान विपरीत हो- नेता रावल

शनिबार, १ भाद्र २०८१

शनिबार, १ भाद्र २०८१

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले कांग्रेस-एमाले गठबन्धन सरकार संविधानको मर्मविपरीत बनेको टिप्पणी गरेका छन् ।



काठमाडौंमा आयोजना गरिएको एक साक्षात्कार काय्रक्रममा उनले वर्तमान सरकार नेपालको संविधानको धारा २६९ को मर्मविपरीत रहेको बताएका हुन् । विपरीत सिद्धान्त भएका दुई ठूला दलहरूले सरकार बनाएकाले राष्ट्रको बृहत्तर हितलाई ध्यानमा राखेर राष्ट्रिय सुरक्षा, नेपालको सार्वभौमता, क्षेत्रीय अखण्डता, कृषि, उद्योग, स्वास्थ्य, सञ्चार क्षेत्रमा काम गर्छन की गर्दैनन् ? भन्ने परीक्षाको रुपमा रहेको उनको भनाइ थियो ।

उनले संविधान संशोधनमा एमाले-कांग्रेस स्पष्ट दृष्टिकोणका साथ अगाडि नबढेको प्रष्ट भएको बताए । यस्तै, उनले कांग्रेस-एमालेले भन्ने गरेको राष्ट्रिय सहमतिको व्यवस्था नेपालको संविधानमा नरहेको जिकीर गरे ।

नेता रावलले ठूला भ्रष्टाचार र चुहावट रोक्न सरकारले कदम चाल्नु पर्ने बताउँदै गर्दा आफू अहिले पनि एमालेको सदस्य भएको भन्दै त्यसमा अटल रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट